१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

फिल्म ‘जेलर’ को सफलतापछि बद्रीनाथ पुगे रजनीकान्त

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ।  

बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ।

फिल्मको सफलतापछि रजनीकान्त बद्रीनाथ दर्शनका लागि पुगेका छन् भने त्यसपछि उनी केदारनाथ गएका छन्।

बद्रीनाथ मन्दिरको पण्डितले रजनीकान्तलाई तुलसीको पात साथै प्रसाद पनि दिएका छन्। रजनीकान्त बद्रीनाथ मन्दिरको आरतीमा पनि सहभागी भएकाे भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रकाशित: २८ श्रावण २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App