६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

चारकुने रुमालमा अल्मोडा र कृतिकाको रोमान्स भिडियो

दर्जनौँ सुपर हिट गीतहरूमार्फत दर्शक श्रोताको मन जितिसकेका गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको चारकुने रुमाल बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई रियालिटी सो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी  गायिका सुरक्षा सेन्चुरीले स्वरमा साथ दिएकी छिन्।

 प्रेमिल शैलीको गीतमा प्रदीप पोख्रेलको शब्द छ भने टिका दाहालको सङ्गीत रहेको छ। गीतमा स्वयम गायक उप्रेतीको सङ्गीत संयोजन रहेको छ। गीतको  भिडियोमा अभिनेत्री तथा मोडल  प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र  गायक उप्रेती फिचर्ड छन्।  रंगीत बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित: २५ श्रावण २०८० १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App