१२ असार २०८१ बुधबार
image/svg+xml
कला

ओली भन्छन्: यश कुमारको सुस्तरीले मन छोयो

गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी’ ले मन छोएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।  

गीतले सुस्तरी-सुस्तरी नभई एकै पटकमा मन छोएको ओलीको भनाइ छ। उनले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेका छन्।

भिडिओ शेयर गर्दै ओलीले लेखेका छन्,'कलाकार यश कुमारको  'सुस्तरी' ले सुस्तरी होइन, एकै पटक मन छोयो। नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा!!!'

उनले एकपटक सबैलाई गीत हेर्न पनि सुझाएका छन्।

यश कुमार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडिओमा नगर प्रहरी र सडक व्यापारी९मकैवाली०को मर्मस्पर्शी प्रेमकथा देखाइएको छ।

प्रकाशित: २५ श्रावण २०८० ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App