२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आजदेखि ‘सस्पेन्स थ्रिलर’ नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन

आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ।

प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायतकने  मुख्य भूमिका रहेको छ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए। उनले भने , ‘सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन्। एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ। मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु।’

यसै चलचित्रमार्फत निर्देशन प्रारम्भ गरेका  निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए। हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ’, उनले भने। उनका अनुसार चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गरेका छन्।

चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ।

प्रकाशित: १९ श्रावण २०८० ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App