२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अनुज र मल्लिकाको ‘पियार’ म्युजिक भिडियो सार्वजनिक

महेश ताम्राकारको शब्द, संगीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका  निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई  प्रसन परियारको संगीत संयोजन गरेका हुन्।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। बिकाश धमलाले सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन्।

यसअघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ। भिडियो गायक ताम्राकारको युट्युव च्यानल जनक ताम्राकार मार्फत सार्वजनिक भएको हो।  यी दुई दाजुभाईका यसअघि थुप्रै संगीत सिर्जनाहरु दर्शक, स्रोता माझ लोकप्रिय भैसकेका छन्।

प्रकाशित: ११ श्रावण २०८० १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App