५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

‘मनका भावना’को भिडियो सार्वजनिक

गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ।गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्युजिक प्रोडक्सन तथा मिक्सिङ,मास्टरिङ छ।

सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा(ध्रुब) र सुजाता थुलुङ(राई) फिचर्ड छन्। भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ।भिडियोमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन्। लोकेसन अनुसार सागर र सुजाताको रोमान्स सुहाउँदो छ।

भिडियोमा अबिनास मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी छ। भिडियोकी निर्माता शान्ता राई हुन्। शान्ता मोसन पिक्चर्सको प्रस्तुति रहेको भिडियो एक्स–डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: २ श्रावण २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App