१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चलचित्र छायांकनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छःः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताए।

उनले सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताए। उनले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए। उनले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए।

उनले भने, ‘नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक रही इमान्दारीका साथ सही कार्यक्रम सञ्चालन हुने कुरामा विश्वस्त छु, प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्छ। यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ। सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ। नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा यो क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ। बहुभाषा र बहुसंस्कृति हाम्रा मौलिक पहिचान भएकाले त्यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी छ।’

११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन्।  

प्रकाशित: ३१ वैशाख २०८० १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App