२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।

पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’, अर्का मार्क्सवादी सौन्दर्य चिन्तक निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले कृतिको सार्वजनिक गरे।

कार्यक्रममा कृतिको टिप्पणी गर्दै सौन्दर्य चिन्तक मोहन वैद्य‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमा लेखिएको साहित्यलाई एकैठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित भएको बताए।

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।

त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्ध साहित्यमा कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकाले यस कृतिको महत्त्व बढी भएको बताए। उनले कृतिमा मार्क्सवाद र समाजवादी यथार्थवादमा कहीं कतै नबोलेको र नलेखेकोमा प्रश्न पनि उठाए।

कार्यक्रमका अर्का वक्ता डा.अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइवर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए। उनले समग्रमा यो कृतिले नेपाली युद्ध साहित्यको मोटामोटी चित्र प्रस्तुत गर्छ भने।

सौन्दर्य चिन्तक निनु चापागाईंले नेपाली युद्ध साहित्यमा कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्ध साहित्यको अध्ययन गरेकाले यस कृतिको महत्त्व बढी भएको बताए।

कार्यक्रममा बोल्दै अर्का वक्ता डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्व साहित्यलाई एउटै भनेकोमा कृतिले युद्ध साहित्य र द्वन्द्व साहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्। साथै उनले नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्ताखाले कृति नआएकोमा यसको महत्त्व बढी भएको बताइन्।

कार्यक्रमका चारै वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमा बढी समय खर्चिएका थिए। लेखकले १९४० देखि २०१७ सालसम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए।

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमा अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकाले कृति तयार गरेको जनाए।

उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्व साहित्यको पनि विवेचना गरिएको जनाए।

डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्व साहित्यलाई एउटै भनेकोमा कृतिले युद्ध साहित्य र द्वन्द्व साहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्।

भुँडीपुराणका अध्यक्ष केशवप्रसाद पराजुलीले आमन्त्रित अतिथि लगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिंदै युद्धमाथि लेखिएको यो कृति महत्त्वपूर्ण भएको हुँदा यस कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताए।

पुस्तक ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको हो। ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ।

प्रकाशित: ३१ वैशाख २०८० ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App