२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भोकको‬ अर्थशास्त्र

कविता

श्रमजीवीहरू,

कहिल्यै भोका हुँदैनन्

किनकि,...

उसको भोक मेट्न

सधैं हाजिर छ प्रकृति

बस् उसले

पाखुरी चलाए पुग्छ।

तर, ठिक उल्टो

शासकहरू कहिल्यै अघाएका हुँदैनन्

किनकि,

उसको पेट प्रकृति विपरीत

र,

पाखुरी प्रकृतिविरुद्ध

चलिरहेको हुन्छ सधैंभरि

त्यसैले

घुस, कमिसन र भ्रष्टाचारको भाग

सधैं-सधैं शासककै भागमा पर्ने गर्दछ।

प्रकाशित: ३० वैशाख २०८० ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App