२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नेपाल बालसाहित्य समाजमा वरिष्ठ समालोचक प्रमोद प्रधान

वरिष्ठ समालोचक प्रमोद प्रधानको अध्यक्षतामा नेपाल बालसाहित्य समाजको कार्यसमिति गठन भएको छ। वरिष्ठ समालोचक प्रधानको नेतृत्वमा सर्वसम्मतिबाट नयाँ कार्य सम्मति गठन भएको हो।

नेपाल बालसाहित्य समाजकाे समितिमा कृष्णदीप सिग्देल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै प्रत्येक प्रदेशबाट एकएक उपाध्यक्ष छनोट भएका छन्। जसअन्तर्गत डा. यादेवी ढकाल कोशी, नवराज रिजाल मधेस, विजयराज न्यौपाने गण्डकी, प्राडा कपिल लामिछाने लुम्बिनी, कालीबहादुर शाही कर्णाली र डा.पुष्करराज भट्ट सुदुरपश्चिम प्रदेशबाट निर्वाचित भएका छन्।

यस्तै विजयराज आचार्य महासचिव, डा.विष्णुकुमार खत्री सचिव र राजेन्द्रभक्त जोशी कोषाध्यक्षमा निर्वाचित भएका छन्।

सदस्यहरूमा मञ्जु ज्ञवाली, सुशीला प्रधानाङ्ग, समन श्रेष्ठ, भानु भट्टराई, अर्पिता शाक्य र प्रभा भट्टराई निर्वाचित भएका छन्।

प्रकाशित: १५ चैत्र २०७९ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App