२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पोखरामा घन्किए जनकवि केशरी धर्मराज थापाका पचास बर्से पुराना गीतहरू

पोखरा महानगरपालिका र जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकवि केशरी धर्मराज थापाकै जन्मस्थल बाटुलेचौर जित इभेन्समा लोकगीत प्रतियोगिता भएको छ।

प्रतियोगितामा सुरुको अडिसनमा ५७ लोक गायकगायिकाले भाग लिएका थिए। ५७ गायकगायिकाबाट दोस्रो चरणको सेमिफाइनलका लागि २८ जना छानिएका थिए। सेमिफाइनलबाट अन्तिम चरणका लागि १० जना छानिएका थिए।

यसैगरी तेस्रो चरण अथवा फाइनल तथा समापन कार्यक्रममा १० जनाबाट क्रमशः पदम नेपाली, समीर पुन र सम्राट गायक पहिलो दोस्रो र तेस्रो भएका थिए। पहिलोलाई २५ हजार,दोस्रोलाई २० हजार र तेस्रोलाई १५ हजार रुपैयाँ नगद पुरस्कार रहेको थियो।

त्यस्तै चौथो २ जनालाई  जनही १० हजार रुपैयाँ, बाँकी ५ जनालाई जनही ५ हजार रुपैयाँ र ३ जनालाई जनही ५ हजार रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको प्रतिस्पर्धी निर्णायक संयोजकको भूमिकामा गण्डकी प्रदेश लोकगीत प्रतिष्ठानका सचीव राजन कार्की र पूर्व अध्यक्ष चोलेन्द्र पौडेल थिए भने संगीततर्फको निर्णायक भूमिकामा दिलिप कार्की थिए।

उक्त  कार्यक्रम जनकवि केशरी धर्मराज थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले गरेका थिए। पृथ्वीनारायण क्याम्पसका प्राडा कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञाका कुलपति पदम ढकाल, वरिष्ठ गायिका हरिदेवी कोइरालाले विशिष्ट आतिथ्य ग्रहण गरेका थिए।

फाइनल तथा  समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। लोक गायक राम्जी पौडेल र सूर्य सुवेदीले पालैपालो कार्यक्रमको उदघोषण गरेका थिए।

प्रकाशित: १३ चैत्र २०७९ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App