२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गीतकार टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ लोकार्पण

गीतकार संघ नेपालले गीतकार टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ गीतसंग्रह लोकार्पण गरेको छ। गीतकार संघ नेपालका सभाध्यक्षता तथा  वरिष्ठ गीतकार डा. कृष्णहरि बराल प्रमुख आतिथ्यमा गीतसंग्रह लोकार्पण गरिएको हो।

संघका अध्यक्ष वसन्त बित्यासी थापा, प्रमुख अतिथि वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, विशिष्ट अतिथिहरू गायिका ज्ञानु राणा, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ चलचित्र कलाकार लय संग्रौला, किरण केसी, उत्तम केसी लगायतले कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा. बरालले गीतहरू पाठ्यक्रमको माध्यमबाट पाठकमाझ आउन थालेकोमा खुसी व्यक्त गरे। उनले गीतिसंग्रहको चर्चा गर्दै गीतले सबै थरी भाव समेटेको बताए।

लेखक, निर्देशक तथा कलाकार लय संग्रौलाले गीतिसंग्रहको चर्चा गर्दै पछिल्लो समय गीतहरू संग्रहको रूपमा आउनु अत्यन्तै खुशीको कुरा भएकाे बताए। उनले टेलिभिजनमा देखाएको कार्यक्रम दर्शकले केही समयपछि बिर्सिने तर कृति भने सधैं बाँचिरहने पनि बताए।

संघका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष वसन्त बित्यासी थापाले गीतकार नेपाल सशक्त गीतकार रहेको बताए।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथिहरूले पनि गीतकार र लोकार्पित कृतिबारे आफ्ना भनाइहरू राखेका थिए।

रामबाबु श्रेष्ठले लोकार्पित कृतिको समीक्षा गरेका थिए। उनले कृतिको समीक्षा गर्दै संग्रहका गीतहरू मान्छेका वास्तविक जीवनसँग मेल खाने र देशभक्तिपूर्ण रहेको बताए।

त्यस्तै अच्युत घिमिरेले स्रष्टाको परिचय दिएका थिए।

लोकार्पित कृतिमा १ सय २५ गीत सङगृहीत छन्। गीतकार नेपालका यसअघि २०५६ मा आमाको माया (शोक काव्य), २०७६ मा तस्बीर तिम्रो (गीति एलबम), २०७७ मा प्रीतिपुष्प (गीतसंग्रह) र प्रीति (गीति एलबम), २०७८ मा मनका रंगहरू (गीतसंग्रह) र गीत (सन्तानको माया) प्रकाशित छन्।

गीतकार नेपालले २०७८ सालमा गीतकार संघ नेपालबाट वर्ष पुस्तक पुरस्कार समेत प्राप्त गरेकी थिइन्।  

प्रकाशित: १२ चैत्र २०७९ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App