५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

सापसबाट पुस्तक सम्पादकहरू सम्मानित र पुरस्कृत हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ।

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’बाट अग्रज पुस्तक सम्पादक प्राडा लक्ष्मणप्रसाद गौतमलाई सम्मानित गरिने छ।

सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव सम्पादन सम्मान-२०७९’ बाट शारदा मासिकका सम्पादक विमल भौकाजीलाई सम्मानित गरिने छ।

यसैगरी नगद ११ हजार १ सय रुपैयाँ राशिसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार-२०७९’बाट कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा विभिन्न पुस्तकका सम्पादक पारश प्रकाश नेपाललाई पुरस्कृत गरिने छ।

यसैगरी ५ हजार ५ सय रुपैयाँ राशिको ‘सापस स्वर्ण महोत्सव सम्पादन प्रतिभा पुरस्कार-२०७९’बाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी रोयल आचार्यलाई पुरस्कृत गरिने छ।

पुस्तक सम्पादकलाई सम्मान र पुरस्कारको घोषणा सम्भवत यो पहिलो निर्णय हो।

प्रकाशित: २९ फाल्गुन २०७९ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App