१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘लम्फू’को छायांकन पर्वतमा

पर्वत- रोजगार बिहिन युवाहरुको बिषयबस्तुमा केन्द्रीत भएर निर्माण हुन लागेको चलचित्र ‘लम्फू’को ७० प्रतिशत छायांकन पर्वतमा हुने भएको छ। निर्देशक गोपालचन्द्र लामिछानेले गृहजिल्लाका महत्वपुर्ण पर्यटकीयक्षेत्रमा चलचित्रको ७० प्रतिशत छायांकन गर्ने तयारी गरेका हुन्।

२०४६ सालमा स्टेज नाटकबाट कलाकारितामा प्रवेश लामिछानेले बोक्सी र किन लाग्छ माया नामक चलचित्रको सफल निर्देशन गरिसकेका छन्। आफ्नो गृह जिल्लामा चलचित्रका अधिकांश भागको छायांकन गर्ने तयारी गरेका लामिछानेले चलचित्र सुहाउँदो र कथाले मागेको दृश्यको खोजीमा आफू यतिबेला ब्यस्त रहेको बताउँछन्।

शक्तिबल्लभ घोरासैनीले निर्माण गर्न लागेको चलचित्र लम्फुले नेपाली समाजको वास्तविकतालाई आफूले चलचित्रको माध्यमबाट पस्कन लागेको बताए । ‘बेरोजगारीका कारण नेपाली युवायुवतीले जुन किसिमको भोगाई भोगिरहेका छन, त्यो चलचित्रमार्फत पस्किने जमर्को गरेका छौ’ लामिछानेले भने।

लामिछानेले जागिरे युवा साथीकै संगतका कारण कसरी बिग्रनसक्छ भन्ने चलचित्रको कथाबस्तुमा उल्लेख गरिने बताए। ‘नेपाली चलचित्रलाई बिदेशी चलचित्रको नक्कल गरेको आरोप लाग्ने गरेको छ’ उनले भने–‘यो चलचित्रले त्यो सबै आरोप चिर्न सघाउने छ।'

धौलागिरीमा चलचित्र छायांकनका लागि धेरै राम्रा र मनोरम ठाउँ भएपनि यहाँ कम मात्रामा चलचित्र छायांकन भएको लामिछानेले बताए। निर्देशक लामिछाने चलचित्रका निर्माता घोरासैनीसँगै पर्वतमा छायांकनको लोकेसन हेरेर राजधानी फर्केका छन् ।

लम्फूका गीतहरु तयार भएका छन भने, सुटिङको केहि भाग सकिएको छ। कथा पटकथा र संवाद भुपतिको रहेको चलचित्रमा दिपक बज्राचार्यको छायांकन र अर्जुन पोखरेलको संगीत रहनेछ।

प्रकाशित: २७ भाद्र २०७३ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App