२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बहुभाषिक कवि गोष्ठी आयोजना

नेपाल स्रष्टा समाजले आफ्नो सोह्रौं स्थापनाको दिवसको अवसरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरेको छ। सो अवसरमा दुई दर्जन कविले विभिन्न भाषामा कविता वाचन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नाट्यकर्मी अशेष मल्लले कार्यक्रम निकै चाखलाग्दो भएको बताए। उनले भने, ‘आज यही हलभित्र मैले सिंगो नेपाल पाएँ। भाषाको ध्वनिमा तरंगित कविताहरूले मिठास दिएको छ।’

त्यसैगरी कवि गोष्ठीमा प्राडा लक्ष्मणप्रसाद गौतमले बहुभाषिक कवि गोष्ठी धेरै कम हुने गरेको अवस्थामा स्रष्टा समाजले बहुभाषी कवि गोष्ठी गरेर प्रशंसनीय काम गरेको बताए।

गोष्ठीमा डा. नवराज कट्टेल संस्कृत, शिवप्रसाद जैशी अछामी, कविराज तामाङ र डा. अजीतमान तामाङ तामाङ, लक्की चौधरी थारु, गणेश राई वाम्बुले राई, शीतल गिरी बज्जीका, गोपाल अश्क भोजपुरी, शेर्पु शेर्पा शेर्पा, अब्दुल सलाम उर्दू, प्रेममान डंगोल र नरेन्द्रबहादुर श्रेष्ठ नेपाल भाषा कविता प्रस्तुत गरेका थिए।

त्यसैगरी सुमन प्रजा चेपाङ, सीताराम प्रकाश हिन्दी, शारदा किराँत सुनार सुनार, राजेन्द्र गुरागाईं बंगाली, हेमन्तराज दाहाल र राजेन्द्र खनाल अंग्रेजी, रमेशजंग थापा खस, प्रह्लाद पोखरेल, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ नेपाली र धीरेन्द्र प्रेमर्षि मैथिलीले कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा श्रीओम रोदन, पवन आलोक, राधेश्याम लेकाली, तारा सुवेदी लगायतले बोलेका थिए।  

प्रकाशित: १८ पुस २०७९ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App