१७ असार २०८१ सोमबार
image/svg+xml
कला

वरिष्ठ साहित्यकार जोशीको श्रद्धाञ्जली सभा सम्पन्न

थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वासु शशी स्मृति परिषद् र साहित्यिक पत्रकार संघले संयुक्त रूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो सभामा अध्यक्ष लेकाली, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ रोदन, गोविन्द गिरि प्रेरणा, समालोचक गोविन्दमान सिंह कार्की, दिलीप श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राख्दै कवि कृष्ण जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

सभामा वासु शशी स्मृति परिषदका उपाध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठकले धन्यवाद ज्ञापन र सचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू- श्याम प्रधान, कर्णाद महर्षी, महेश प्रसाईं, प्रमोद प्रधान, मुरारि सिग्देल, बाबा बस्नेत, सन्ध्या पहाडी, गीता कार्की, अनुपम रोशी, रत्नलक्ष्मी श्रेष्ठ, मन्जिला अनिल, सरिता अर्याल, सुमन वर्षा, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, राज रजक, बुना दाहाल, निर्मलरमण पराजुली, नरेश श्रेष्ठ, जेस्मिन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ मंसिर २०७९ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App