२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
अपराध

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ प्रहरीले चार वटा बैंकिङ कसुरमा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ११ बस्ने ३६ वर्षीय दीपक बिष्ट रहेका छन्। जिल्ला प्रहरी ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार बिष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।

अदालतले दोषी ठहर गरिसकेका उनी फरार रहेकोमा प्रहरीले फुङलिङ नगरपालिका वडा नं ३ मा लुकिछिपी बसीरहेको अवस्थामा फेला पारी अदालतमा उपस्थित गराएको जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८३ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App