१८ आश्विन २०८३ आइतबार
image/svg+xml
अपराध

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउ

उदयपुरका दुई युवा ब्राउनसुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् । सदरमुकाम गाईघाट बजारबाट एक युवा चेकजाँचको क्रममा आइतबार दिउँसो पक्राउ परेका हुन् भने बेलका नगरपालिकाका अर्का युवक १६ गते पक्राउ परेको घट्ना आइतबार सार्वजनिक भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, नं. ५ हेडक्वाटर त्रियुगाको मोबाईल गस्ती टोलीले सदरमुकाम त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बाबारानी मार्गबाट ३१ वर्षीय महेन्द्र कार्कीलाई पक्राउ गरेको छ । दिउँसो १ः४५ वजे सडकमा शंकास्पद अवस्थामा देखेर चेकजाँच गर्दा त्रियुगा नगरापलिका १२ का इन्द्रेणी टोलका कार्कीको साथबाट ब्राउनसुगरजस्तो देखिने खैरोपदार्थ बरामद गरेको हो ।  

बार्कीको साथबाट बरामद खैरो पदार्थको परिमाण ६ पोकामा अन्दाजी १.३३ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । साथै नगद २ हजार रुपैयाँ, किप्याड मोवाईल १ थान तथा प्रदेश नं. १–०५–५८८५ नम्बरको यामाहा स्कुटरसमेत बरामद भएको छ । सशस्त्र प्रहरी बलले पक्राउ कार्र्कीलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको जनाएको छ ।

उता गत १५ गते नै पक्राउ परि आईतबार सार्वजनिक गरिएको घट्ना अनुसार जिल्लाको बेलका नगपालिका ५ का ३० वर्षीय प्रदिप बस्नेत मलद्वारमा लुकाएर ल्याउदै गरेको ब्राउनसुगरसहित पक्राउ परेका हुन् । गत बिहीबार यात्रुबाहक बसमा सवार अवस्थामा पक्राउ परेका बस्नेतले प्लास्टीकले बेरेको ब्राउनसगुरको पोको मलद्वारमा बाँधेर ल्याइरहेको अवस्थामा बरामद भएको हो ।  

उनको साथबाट बरामद ब्राउनसुगरको पमिाण २.६ ग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको भोलिपल्ट बिहान १६ गते चर्पी लगेर दिशा गर्न लगाउँदा उनको मलद्वारमा प्लास्टिकले बेरेर लुकाई राखेको अबस्थामा ब्राउन सुगर फेला परेको बताइएको छ ।  

पक्राउ बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट आवश्यक म्याद थपेर अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित: १८ आश्विन २०८३ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App