ताप्लेजुङ प्रहरीले नावालिकालाई ललाई–फकाई जबरजस्ति करणी गरेको अभियोगमा ३२ वर्षे पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार झापा जिल्ला घर भई ताप्लेजुङ बस्दै आएका उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका ती पुरुषले १३ वर्षीया बालिकालाई ललाई–फकाई प्रलोभनमा पारी वैशाख ६ गते राति करणी गरेको प्रहरीको दाबी छ ।
प्रकाशित: ९ वैशाख २०८२ १९:३१ मंगलबार





