बिराटनगर - प्रदेश नम्वर १ को सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार को बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरे।
बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ।
प्रकाशित: १ असार २०७६ १२:२६ आइतबार