क्यालिर्फोनिया– फेसबुकले न्युज फिडमा आएका विभिन्न खाले विज्ञापनबाट दैनिक रुपमा आम्दानी गरिहेको छ। त्यो नै उसको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको छ।
हालैका दिनमा प्रयोगकर्ताले आफ्नो फेसबुकमा अनावश्यक विज्ञापन धेरै देखाएको गुनासो गरेपछि फेसबुकले त्यस्ता खाले विज्ञापन रोक्नका लागि एड्ब्लक प्लस नामक एप संचालन गरेको थियो। तर, फेसबुक प्रयोगकर्ताले उक्त एपका कारण आफ्ना साथीहरुले पोस्ट तथा शेयर गरेका स्ट्याटस र फोटोसमेत हेर्न नपाएको गुनासो गरेपछि फेसबुक उक्त एप हटाउन बाध्य भएको छ।
फेसबुकको विज्ञापन कमिटीका प्रमुख एन्ड्रियु वोसओर्थले एक विज्ञप्तिमार्फत भने, ‘हामीले हाम्रा प्रयोगकर्ताको आग्रहमा उक्त एप संचालनमा ल्याएका थियांै। तर एप संचालनपछि प्रयोगकर्ताले उक्त एपका कारण आफ्ना साथीहरुले पोस्ट तथा शेयर गरेका स्ट्याटस र फोटोसमेत हेर्न नपाएको गुनासो गरेपछि हामी उक्त एप हटाउन बाध्य भएका छौं।
उनले उक्त एड्ब्लक प्लस एपले काम नगरेको र उक्त समास्या समाधानका लागि आफूहरुले तत्काल केही नयाँ योजना सार्वजनिक गर्नका लागि अध्ययन गरिहेको बताए।
प्रकाशित: २८ श्रावण २०७३ ०७:२७ शुक्रबार