कम खर्चमा अचारबाट आम्दानी मनग्य, आत्मनिर्भर बनाउन तालिम
काठेखोला–८ की जमुना श्रीसले अचारबाट राम्रो आम्दानी गर्न सकिने बताइन्। आफूहरुले सीप नसिक्दा अहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उनले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न थालेकी छिन्। अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने उनको अनुभव छ।