लोपन्मुख पञ्चेबाजा संरक्षणसँगै कमाई, एक पटक बजाउँदा ३० हजार
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ। जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो।