गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने
शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।