ढोरपाटन पुग्ने सडकको दुरावस्था,पर्यटकलाई सास्ती
यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।