लोकमानजस्तै निलम्बित अर्याललाई पनि विशेष पद
सरकारले १८ वर्षअघि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई थन्क्याउन राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेझैं सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. वैकुण्ठ अर्यालका लागि राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरह राजपत्रांकित विशिष्ट श्रेणीको विशेष पद सिर्जना गरेको छ।