जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख
अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्वनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाको काम शुक्रबारदेखि सुरु भएको छ। नगरले कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि नियमित काम सुरु भएको हो।