१० मंसिर २०८१ सोमबार
image/svg+xml

पाँचथरमा यस्तो देखियो च्याब्रुङ महोत्सव (फोटो फिचर)

लिम्बु संस्कृतिमा आधारीत रहेको च्याब्रुङ नाचको प्रवद्र्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याबु्रङ नाच) महोत्सव सुरु भएको छ। मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन प्रदे् नम्वर १ का प्रमुख गोविन्द्र सुब्बाले गरे।

गाँउपालिका केन्द्र निर्धारण गर्न पाँचथरमा मतदान

प्रदेशको अस्थायी मुकाम तोक्ने विषय चर्को विवादमा परिरहेका बेला पाँचथरको हिलिहाङ गाँउपालिका केन्द्र मतदानबाट निर्धारण गरिएको छ। यस अघि तोकिएको साविक पञ्चमी गाविसको भवनमा केन्द्रलाई परिवर्तन गरी गोपेटार सार्ने प्रयास भएपछि विवाद सृजना भएको थियो। सबै वार्डबाट निर्वाचित जनप्रतिनिधिले मतदान गरेका थिए। पञ्चमी नै केन्द्र यथावत राख्ने पक्षमा मतदान धेरैभएपछि गोपेटार केन्द्र सार्ने प्रयास असफल भएको छ।

पाँचथरमा वाम गठबन्धनको 'क्लीन स्वीप'

आइतवार विहान प्रदेश सभाको परिणाम घोषणा गरीएको छ। प्रदेश निर्वाचन क्षेत्र न. १ मा एमालेका काम्बाङले नेपाली काग्रेसका नरेन्द्र कुमार केरुङलाई हराउदै विजयी भएका हुन्। ४ हजार ९ सय ३२ मतको अग्रताले काम्वाङ विजयी भएका हुन्। काम्बाङले २१ हजार १० मत प्राप्त गरेका थिए भने केरुङको १६ हजार ७८ मत हासिल भएको थियो।

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले १ हजार ६ सय ४८ मतले अग्रता लिएको छ। बाम गठबन्धनका नेकपा (एमाले)का नेता बसन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ । प्रतिनिधिसभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णयअनुसार प्रतिनिधि सभाको मत गणना भएको हो ।

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ। प्रतिनिधि सभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णय अनुसार प्रतिनिधि सभाको मत गणना भएको हो।

पाँचथरमा फेरि बम

पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।

यस्ता छन् पाँचथर–भोजपुरका उम्मेदवार

मंसिर १० गते हुने केन्द्र–प्रदेशको निर्वाचनमा प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला पाँचथर र भोजपुरबाट दलका हेभिवेट उम्मेदवार प्रतिस्पर्धामा छन् । केन्द्रीय र प्रादेशिक राजनीतिमा ‘पकड’ राख्न दलहरूले चुनावी प्रतिस्पर्धामा धेरै पुराना र केही नयाँ अनुहार प्रतिस्पर्धामा उतारेका छन् ।

पाँचथरमा यस्तो छ चुनावी गणित

मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १३ पार्टीका २९ जनाको उम्मेद्वारी दर्ता भएको छ। यी मध्ये ११ जना प्रतिनिधि सभा र १८ जना प्रदेश तर्फका छन्। मुख्य दलहरुले पुरानै अनुहार दोहोर्‍याएका छन् भने साना दलहरुले नयाँ अनुहार उम्मेदवार बनाएका छन्।

पाँचथरमा ६८ जना कुपोषित बालबालिका

पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन्।  जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताए।

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

बाढी-पहिरोका कारण पाँचथरको जनजीवन कष्टकर बनेको छ। अविरल बर्षाका कारण बाढी, पहिरोले वितण्डा मञ्चाएको छ। फालेलुङ–३ मा निवाखोला लद्यु जलविद्युत आयोजनासँगै पहिरोले बगाएर बेपत्ता भएका तीन जना जिवितै उद्वार हुने सम्भावना घट्दै गएको छ। पहिरो र निरन्तरको पानीका कारण उनीहरुको खोजी कार्य जटिल बेनेको छ।

पाँचथरमा एमाले–माओवादी तालमेल

सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्