२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतद्वारा ३ सय ३७ रनको लक्ष्य प्रस्तुत

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारतले पाकिस्तानसामु ३ सय ३७ रनको लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ।

भारत र पाकिस्तानको खेलमा वर्षा बाधक

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारत पाकिस्तानको खेल वर्षाले प्रभावित भएको छ।

निरन्तर किफायती बलिङको आशा

भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा सुखद नतिजा आत्मसात् गर्दा तीव्र गतिका बलर भुवनेश्वर कुमारको प्रदर्शन पनि निर्णायक बन्ने गरेको छ। यसै विश्वकपमा पनि भुवनेश्वरले सोही किसिमको छवि जोगाइराखेका छन्।

कोहलीसामु इतिहास कोर्ने अवसर

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार इङ्ल्यान्डमा जारी विश्वकपमा आमनेसामने हुँदा भारतीय कप्तान विराट कोहलीसामु इतिहास कोर्ने सुनौलो अवसर हुनेछ।

संस्कृत शिक्षाको उत्थानमा जोड

नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन्। भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलमा सो सहमति भएको हो।

‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा सात जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ।

कोहलीमा निर्भर भारत

न्युजिल्यान्डविरुद्ध बिहीबार हुने विश्वकपमा भारतीय टोली नतिजा आफ्नो पक्षमा पार्न कप्तान विराट कोहलीको प्रदर्शनमा पनि निर्भर रहनेछ।

भारतसँग न्युजिल्यान्ड सतर्क

न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।

भारतको चन्द्रयान–२ सार्वजनिक

भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ।सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पु¥याउने भारत चौथो मुलुक बन्नेछ।

१३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटियो

भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन्। विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताए।

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका भारतीय क्रिकेटर शिखर धवन टिमबाट बाहिरिएका छन्। शनिबार अष्ट्रेलियाविरुद्धको खेलमा ११७ रन बनाएका धवन हातको औला फ्याक्चर भएर घाइते भएपछि तीन हप्ताका लागि टिमबाट बाहिरिएका हुन्। अब उनले न्युजिल्याण्ड (१३ जुन) र पाकिस्तान (१६ जुन) विरुद्धको खेल खेल्न पाउने छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्