प्रधानमन्त्रीको निर्देशन र लोसे कर्मचारीतन्त्र
'नक्कलीलाई बिरामी जा“च्न नदिनू' भन्दै प्रधान मन्त्रीले स्वास्थ्य सचिवलाई निर्देशन दिएको समाचार पढ्न पाइयो। स्थायी सरकार भनिने कर्मचारी संयन्त्रबाट हुनुपर्ने सामान्य कामका लागि पनि सरकार प्रमुखले ताकेता गर्नुपर्ने अवस्थाले देशको प्रशासन जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत कतिसम्म लापरबाही गर्छ भन्ने देखाउ“छ। त्यतिमात्र हैन, प्रशासन केका लागि, कोद्वारा सञ्चालित छ भन्ने प्रश्न सदाझैं उब्जिएको छ।