१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चितुवाको आक्रमणबाट ३ जना घाइते

वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन्।

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो। सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो।

बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

बाघको आक्रमणबाट एक वृद्वको मृत्यु

माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्।

चितुवाको आक्रमणबाट एकजना घाइते

इलाका प्रहरी कार्याय लढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै

वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ।

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु

सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमणः दश जना मारिए

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए। शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो।

बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन्।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु

चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन्।

दक्षिणी युक्रेनमा रूसी टेलिभिजन प्रसारण: रूसी सेना

युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुनः बन्दोबस्त गरिएको रुसी सेनाले मंगलबार उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्