२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

अल जजिराका अनुसार ३२९ सदस्यमध्ये कम्तीमा २६९ जना उपस्थित भई अधिवेशन स्थगनका लागि गणपूरक सङ्ख्या पुगेपछि इराकी संसदको बैठक स्थगन गरी दिउँसो पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। राष्ट्रपतिको मनोनयनमा पहिलो चरणको मतदानमा आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो।

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ।

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन्।

इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए। ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ।

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्

इराकको कोभिड अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो।

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ।

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्।

दुई अमेरिकी राष्ट्रपतिः जसले महाअभियोग लागेपछि मध्यपूर्वमा धावा बोले

अमेरिका इरान विवाद अहिले विश्वभर चर्चाको विषय बनेको छ। अमेरिकाले गत हप्ता इरानी सेनाका प्रमुख सुलेमानीको हत्या गरेपछि इरानले प्रतिशोध गर्ने चेतावनी दिएको छ। यो घटनाले मध्यपूर्वमा तनाव उत्पन्न भएको छ भने विश्वभर यसको चर्चा भइरहेको छ।

एकै दिन २५ को मृत्यु

इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

इराकमा संसद्को नयाँ निर्वाचनका लागि कैयौं दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्।

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ। इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्