५ आश्विन २०८१ शनिबार
image/svg+xml

करेन्ट लागेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

चार जिल्लाका ३० हजार करदाता करको दायरामा

आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन्। तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन्।

स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आमा भैलो खेल्न जाँदा ७ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

तनहुँमा अशक्त महिला बलात्कृत

तनहुँमा ४२ बर्षिय अशक्त महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा भिमाद नगरपालिका–९ पाइमीका १९ बर्षीय शंकर परियारलाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको छ।

सडेको अवस्थामा शव फेला

सेती नदीमा सडेको अवस्थामा शव फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा पुरुष जस्तो देखिने शव फेला परेको हो।

'चितवन र तनहुँ घटना लोकतन्त्रकै उपहास'

फरक विचार राख्मेमाथि आक्रमण भएको भन्दै साझा पार्टी निकट युवा संगठनले विरोध जनाएको छ। साझा युवा संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्त निकाल्दै लोकतान्त्रिक व्यवस्थामा आम नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना अभिव्यक्ति एवम् विचार राख्न पाउँने स्वतन्त्रता भएको बताए।

दुर्घटनामा परी एक जनाको मृत्यु ३ जना घाइते

आइतबार छुट्टाछुट्टै तीन ठाउँमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

एक वर्ष ढिलो हुने निश्चित

बाँध क्षेत्रमा काम गर्न नपाउँदा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले गति लिन सकेको छैन। बाँध क्षेत्रमा पूर्वाधार बनाउने जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले काम नगरेपछि सम्झौता रद्द भएको र नयाँ निर्माण कम्पनी छनोट प्रक्रिया लम्बिएपछि गति सुस्त भएको हो। अरू पूर्वाधार बनाउने काम चलिरहे पनि बाँध क्षेत्रको काम भने पुरै ठप्प छ।

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई  प्रहरीले आइतबार पक्राउ गरेको छ।

तुइनरहित भयो तनहुँ

तनहुँ जिल्ला तुइनरहित भएको छ। जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निणर्मा गरिएपछि तनहुँ तुइनरहित भएको हो।

लागु औषधसहित एक पक्राउ

जिल्लाको भानु नगरपालिका १ साजबोटेबाट तनहुँ प्रहरीले लागु औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका ४ सानो डुम्रे बस्ने २२ बर्षीय अक्रममियाँ रहेका छन्।

खेल्ने क्रममा पासोमा परेर बालकको मृत्यु

भानु नगरपालिका–१३ चनौटेमा खेल्ने क्रममा डोरीको पासोमा परेर बालकको मृत्यु भएको छ। शनिबार विहान ९० वर्षीय अशक्त हजुरआमाले खाटबाट उठ्न बस्नको लागि प्रयोग गर्ने रसिमा  खेल्ने क्रममा मुन्टो छिराउँदा ८ वर्षिय बालक सुवास अधिकारीको मृत्यु भएको हो।

तनहुँमा मात्रै एक वर्षमा सडक दुर्घटनामा परी ६१ को मृत्यु

सडक दुर्घटनामा कमी ल्याउन विभिन्न कार्यक्रमहरु चलाइएपनि दुर्घटनामा कमी आउन सकेको छैन्। गत आर्थिक बर्ष २०७५/०७६ मा जिल्लामा भएका सडक दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन्। राजमार्ग तथा ग्रामीण रुटका कच्ची सडकखण्डमा भएका एक सय छ दुर्घटना परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

बाँध बनाउन चार कम्पनीबाट बोलपत्र

एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायत अन्य संरचना निर्माणका लागि चारवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरेका छन्। आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले आइतबारसम्म बोलपत्र पेस गर्ने अन्तिम समय तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्