१० मंसिर २०८१ सोमबार
image/svg+xml

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

काठमाडौंस्थित अस्कर फिल्म कलेजले नयाँ शैक्षिक सत्रका लागि ६ जना छात्रालाई छात्रवृत्ति दिएको छ । फिल्म विषय पढ्न छात्राहरु आकर्षित होऊन् भन्ने उद्देश्यले भर्ना हुन आएका सबै ६ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेज प्रमुख विनोद पौडेलले बताए।

अस्करमा भिड्दै ‘कालो पोथी’

आगामी अस्कर अवार्डमा नेपालबाट फिल्म ‘कालो पोथी’ले भिड्ने भएको छ । अमेरिकाको लसएन्जलसमा आगामी २०१७ फेबु्रअरी २६ का दिन हुने ८९ औं अस्कर समारोहमा ‘कालो पोथी’लाई ‘उत्कृष्ट विदेशीभाषी फिल्म’को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो ।

ज्याकीलाई मानार्थ अस्कर

हङकङका एक्सन स्टार ज्याकी च्यानले मानार्थ अस्कर अवार्ड पाउने भएको छ । आगामी नोभेम्बरमा हुने वार्षिक आठौं गभर्नर्स् अवार्ड समारोहमा ६२ वर्षीय ज्याकीलाई अस्कर अवार्डको ट्रफी हस्तान्तरण गरिनेछ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको गभर्नर्स् बोर्डले हालै ज्याकीलाई अवार्ड दिने सम्बन्धमा मतदानबाट निर्णय गरेको हो ।

नेपाली फिल्मलाई अस्करको आह्वान

आगामी ८९ औं अस्कर अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनोट समितिले आइतबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्