१० मंसिर २०८१ सोमबार
image/svg+xml

नयाँ छ स्थानमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा शनिबार राति साढे १० बजे पहिरो जाँदा करिब १० घण्टा आवागमन रोकियो।

घुमाउनेमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ। सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो। समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ।

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको छ। बिहान ६ः१० बजेतिर चार किलोमा ठुलो पहिरो खस्दा अवरुद्ध बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे खस्दा आज पनि सडक अवरूद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा ठुलो पहिरो खस्दा आज पनि सडक अवरुद्ध बन्न पुगेको छ।

नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न। घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ। कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ।

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा मंगलबार बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड ३५ मिनेटमै सररर पार गर्न सकिने

नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्