२० असार २०८१ बिहीबार
image/svg+xml

बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा हजरौँ विपक्षी पक्राउ

बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन्।

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन्। सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेको समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो।

नेपाल—भारतबीच विश्वास

‘हामीलाई नेपालीसँग कुनै समस्या छैन’, भारतमा छिमेकी मुलुकहरू विशेषतः बङ्गलादेशी नागरिकहरूको गैरकानुनी प्रवेश बढिरहेको विषय उठेपछि सत्तारूढ भारतीय जनता पार्टीका शीर्ष नेताहरूको पछिल्लो बैठकको निष्कर्ष हो, यो।

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अर्को वर्ष बङ्गलादेशमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल सन् २०१८ को सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ । दुई–दुई वर्षमा आयोजना हुँदै आएको साफ च्याम्पियनसिप पछिल्लो समय सन् २०१५ को २३ डिसेम्बरबाट ३ जनवरी २०१६ मा भारतको त्रिवेन्द्रममा भएको थियो ।

बङ्गलादेशमा रोहिंग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ।

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ।

बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ।

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या मङ्गलबार एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

बङ्गलादेशमा आत्मघाती आक्रमण

बङ्गलादेशमा दुई आत्मघाती आतङ्ककारीले बम बोकी बिस्फोट गराएका छन् । बङ्गलादेशको बन्दरगाह सहर चटगाउँको बाहिर इलाकामा अतिबादी लुकेर बसेको स्थानमा गस्तीका रहेका प्रहरीलाई लक्ष्यगरी सो आक्रमण गरेका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश आइ पुगेका छन्। उनी सोमबार बिहान बङ्गलादेश पुगेका हुन्। बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।

प्रधानमन्त्री दाहाल र बङ्गलादेशका सुरक्षा अधिकारीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशका सुरक्षा अधिकारीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले गत वर्षको ‘गोरखा भूकम्प’को क्रममा राहत तथा उद्धारमा बङ्गाली जनता, बङ्गलादेश सरकार र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्