७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बजेट अभावले नगर अस्पतालकाे भवन निर्माण रोकियो

बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका– ६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ।

पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक

तनहुँ भिमादको कुमारचोक वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस्ने हो भन्ने त्रास त्यहाँका बासिन्दालाई सधैं छ । अझ वर्षायाम लागेपछि त स्थानीयको होसहवास नै उड्छ ।

तनहुँको भिमाद नगरपालिकाले विद्यालय बन्द नगर्ने

गण्डकी प्रदेशको तनहुँको भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ।

भिमाद रंगशालामा बन्यो प्यारापिट

जिल्लाको भिमाद रंगशालामा प्यारापिट निर्माण गरिएको छ। राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको रंगशालामा अब दर्शकले प्यारापिटमा बसेर खेल हेर्न पाउने भएका छन्। तीन हजार क्षमताको प्यारापिट निर्माण गरिएको हो।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

फोहोरको दुर्गन्धले सास्ती

भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तीरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। फोहोर जलाएको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी पीडित बनेका छन्।

भिमादका तीन विद्यालय गाभिए

भिमाद नगरपालिकाको तीनवटा सामुदायिक विद्यालय समायोजन भएका छन्। केही बर्षयता विद्यार्थी अभाव खेप्दै आईरहेका हिमालय आधारभुत विद्यालय चिहानडाँडा भिमाद–९, गणेशमान स्मृति आधारभुत विद्यालय बुडुवाफाँट भिमाद–५ र जनशक्ति आधारभुत विद्यालय ढुङढुङ्गे भिमाद–८ लाई नजिकका विद्यालयमा समायोजन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्