२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ।

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

जापानमा शक्तिशाली भूकम्प

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।

चीनमा नयाँ संक्रमण घट्दो : चिनियाँ अधिकारी

चिनियाँ अधिकारीहरूले कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणको केन्द्रविन्दु हुबेई प्रान्तमा नयाँ संक्रमणको दर ह्वात्तै घटिरहेको बताएका छन्।

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। वुधबार दिउँसो २:१४ बजे भूकम्प गएको थियो। दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो। सिस्मो नेपालले गत सालको भूकम्पको पराकम्प भएको जनाएको छ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प

गएराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्