१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चैतमा ४३ जिल्लामा दादुरा–रुबेला खोप

सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत बाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो।

दादुरा–रुबेलाविरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

खोटाङका थप सात स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा फागुन १ गतेदेखि फागुन ९ गतेसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा अभियान सञ्चालन गरिएकामा बिहीबारदेखि बाँकी रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान थालिएको हो।

दादुरा–रुबेला खोप अभियान सुरु

तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।

‘दादुरा रुबेला खोप अभियान’को तयारी

राष्ट्रिय स्तरमै सञ्चालनको घोषणा गरिएको ‘दादुरा रुबेला खोप अभियान २०७६’ को तयारी प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा तीव्र पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्