पर्यटनको सम्भावना बोकेको पाटेनागी
मेची राजमार्गबाट सवारी साधनमै पुगेर यो ठाउँको आनन्द लिन सकिने भएपनि प्रचारप्रसार नहुँदा सम्भावित पर्यटक यहाँ पुग्न सकेका छैनन्।
मेची राजमार्गबाट सवारी साधनमै पुगेर यो ठाउँको आनन्द लिन सकिने भएपनि प्रचारप्रसार नहुँदा सम्भावित पर्यटक यहाँ पुग्न सकेका छैनन्।
इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ।
जति उकालो चढ्यो, उति नै रमणीय र सुन्दर ठाउँ । खुलेको आकाश, वरिपरि सबै हरियाली । वैशाखमा गर्मीको भावर उठेका बेला लेकको यात्रा सबैका लागि रोजाइमा पर्ने नै भयो । इलाम सदरमुकामबाट गाडीमा उकालो हुइँकिएर बाघखोर पुगुञ्जेल कसैलाई नौलो त थिएन तर मनोरञ्जनको ‘पारो’ चाहिँ चढिसकेको थियो ।