यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्। जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।