४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किसानलाई अलैँची भित्र्याउन चटारो

ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैँ सकिएसँगै किसान अलैँची टिप्न,छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो। अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्