८ मंसिर २०८१ शनिबार
image/svg+xml

मेक्सिको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न यदि मेक्सिकोले कुनै कदम नचाले आफूले बाध्य भएर सीमा बन्द गर्नुपर्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन्। सीमा बन्द भयो भने यसले सीमा वारपारमा समस्या हुने र अर्बौं डलरबराबरको व्यापारमा पनि समस्या हुने ट्रम्पको चेतावनी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पर्खाल बनाउन एक अर्ब डलर निकासा

अमेरिकी रक्षामन्त्री प्याट्रिक सानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपत्कालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए।

अमेरिका–मेक्सिको सीमामा थप सेना परिचालन

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप तीन हजार सात सय अमेरिकी सेना परिचालन गरेको छ। सीमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि ती सेनालाई पठाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समाचार लेखेको छ।

लागूऔषधविरुद्धको युद्ध समापनको घोषणा

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषधविरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन्। उनले मेक्सिको सरकारले लागूपदार्थका तस्कर पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताए।

बन्द रहेको सरकारी कार्यालय खोल्ने अस्थायी सहमति

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म आंशिक रूपमा बन्द रहेको सरकारी कार्यालय खोल्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी सहमति गरेका छन्। राष्ट्रपति ट्रम्पले खर्चबन्दी अन्त्य गर्नेबारे विधेयकमा हस्ताक्षर गरेसँगै बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनले माग्दै आएको पैसा नपाए पनि सरकारी खर्चबन्दीका कारण ३५ दिनसम्म आंशिक रूपमा बन्द रहेका सरकारी कार्यालय अस्थायी रूपमा खोल्न ट्रम्प सहमत भएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिका र मेक्सिको

गएको पुस ७ (डिसेम्बर २२) गतेदेखि संयुक्त राज्य (संरा) अमेरिकाको सरकार आंशिक रूपमा बन्द छ। बन्दका कारण गृह सुरक्षा विभाग र कृषि विभागलगायत नौवटा विभागहरूका काम प्रभावित बनेका छन्। आठ लाखभन्दा बढी संघीय सरकारका कर्मचारीको जीवन बन्दका कारण प्रभावित बनेको छ। संरा अमेरिकाको इतिहासमा यो पटकको सरकारी कार्यालय बन्द हालसम्मकै सबभन्दा लामो बन्द हो। यसअघि बिल क्लिन्टन राष्ट्रपति रहँदा भएको बन्द २१ दिनसम्म चलेको थियो। सरकारी सेवामा कटौती गर्ने–नगर्ने विषयमा कुरा नमिल्दा त्यतिबेला पनि सरकारी कार्यालय बन्द भएका थिए। तर २१ दिनमा त्यसले निकास पाएको थियो भने अहिलेको बन्द भने अझै पनि टुंगिने छाँटकाँट छैन।

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।

पाइपलाइन विस्फोट हुँदा मेक्सिकोमा २१ को मृत्यु

मेक्सिकोमा पाइपलाइनमा ठूलो आगलागी हुँदा २१ जनाको ज्यान गएको छ भने ७१ जना गम्भिर घाइते भएका छन। शुक्रवार पेट्रोलियम पदार्थको उक्त पाइपलाइनका प्वालवाट तेल निस्किएर आगलागी भएको बताइएको छ।

अमेरिकामा सरकारी कार्यालय बन्दको रेकर्ड

बजेट अभावमा आंशिक रूपमा भइरहेको अमेरिकी संघीय कार्यालय बन्दले नयाँ रेकर्ड कायम गरेको छ।अमेरिकी इतिहासमै खर्चबन्दीका कारण लामो समयसम्म संघीय कार्यालय बन्द भएको यो पहिलो घटना हो।

बाई बाई भन्दै ट्रम्प हिँडेपछि डेमोक्रेटसँगको बैठक निष्कर्षविहीन

संघीय अमेरिकी कार्यालय आशिंक रूपमा बन्द भएको १९औं दिनमा विपक्षी डेमोक्रेटसँगको बैठक चलिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिर निस्किएपछि वार्ता निष्कर्षविहीन बनेको छ।

ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन

अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्नका लागि माग गरेको बजेट देशको संसद्ले स्वीकृत नगरेपछि १८ दिनदेखि आंशिक रूपमा सरकार बन्द भएको परिवेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गरेका छन्।

‘मेक्सिको सीमामा पर्खाल बनाउन बजेट दिन सक्दैनौं’

संयुक्त राज्य अमेरिकाका संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएको डेढ साता भइसक्यो। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ।

अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद्सक्षमा माग गरेको बजेटसम्बन्धी विवादका कारण शनिबार अमेरिकी सरकार आंशिक रूपमा बन्द भएको छ।

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ। अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरीलाई

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्