जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, एकको मृत्यु
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।