१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अदालतको आदेशले रोकियो फिर्केखोला मापदण्ड कार्यान्वयन

अदालतको आदेश नआएको भए पोखराको फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना शनिबारदेखि हटाउन सुरु हुन्थ्यो। किनकी पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित संरचना हटाउन दिएको समयसीमा शुक्रबार सकिएको थियो। महानगरपालिकाले पोखरा महानगरको मध्यभाग भएर बग्ने फिर्केखोलामा निर्माण भएको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। तर, उच्च अदालत पोखराले फिर्केखोलामा बनाइएका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएपछि महानगर रोकिएको छ।

फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना

पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ।

पोखराको फिर्केखोलामा मापदण्ड मिचेर १६० संरचना

पोखरामा खोलामाथि नै घर/टहरा बनाएको पाइएको छ। पोखराको फिर्केखोला नापजाँच गर्दा खोलामाथि नै २० वटा घरटहरा निर्माण भएको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्