२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

देशमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउन माल्दिभ्सका राष्ट्रपतिले आफ्ना सहगोगी राष्ट्रमा दूत पठाएका छन् ।

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

पाकिस्तान र इरानबीच रेल सेवा पुनः सञ्चालनमा ल्याइने

पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ। दुई इश्लामिक मुलुकबीच सुरक्षाको समस्यालाई देखाउँदै यस अघि सञ्चालन हुँदै आएको रेल सेवा बन्द भएको थियो।

भारत र पाकिस्तानका सुरक्षा सल्लाहकार निरन्तर सम्पर्कमा

स्वतन्त्र भएदेखि सुमधुर सम्बन्ध नभएको भारत र पाकिस्तान सरकार निरन्तर सम्वाद रहेको तथ्य बाहिरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारका सुरक्षा सल्लाहकार अजित दोभाल र पाकिस्तानी समकक्षी जनरल नसीर जुंजुआ निरन्तर सम्वादमा छन। आफ्नो देशको प्रतिनिधित्व गर्दै दुबैले भेट र फोन सम्पर्कमार्फत निरन्तर वार्ता गरिरहेका छन।

बालिकाको हत्यापछि पाकिस्तानमा दंगा, दुईको मृत्यु

पाकिस्तानी सहर लाहोरबाट दक्षिणमा रहेको कासुर सहरमा शृंखलाबद्ध रूपमा बालबालिको हत्या हुन थालेपछि त्यसको विरुद्धमा भएको हुलदंगामा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

एक दिवसीय नेत्रहीन क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ।

चीन-पाकिस्तान सम्बन्धमा ‘दख्खल’ नदिन चेतावनी

चीनले पाकिस्तानसँगको आफ्नो सम्बन्धमा चासो नराख्न सबैको ध्यानाकर्षण गराएको छ। चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को सुरुवाती विन्दु पाकिस्तानको ग्वाडारमा संयुक्त जलसैनिक क्याम्प खोल्ने विश्वव्यापी अनुमान गरिएपछि मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा चीन पाकिस्तान सम्बन्धमा चासो नराख्न ‘बाहिरी संसार’को ध्यानाकर्षण गराएका हुन्।

अमेरिकी सहयोग रोकिंदा पाकिस्तानी सेनालाई कस्तो असर पर्छ ?

अमेरिकी सहयोग रोकिंदा केही समयका लागि पाकिस्तानी सेनालाई असर गर्नसक्ने रक्षा विशेषज्ञहरु बताउँछन्। पाकिस्तानी रक्षा विशेषज्ञ प्रोफेसर हसन अस्कारी रिजवीले चीनले जति नै सहयोग गरेपनि अमेरिकाका तर्फबाट पाउने सहयोग पूर्ती गर्न नसक्ने बताए।

आइएमएफबाट नयाँ जमानत लिने सोच छैन : पाकिस्तान

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने जनाएको छ। पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा विहीबार भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट कुनै नयाँ आर्थिक सहयोग लिने विषयमा नसोचेको बताए।

हामी पाकिस्तानको साथमा छौं : चीन

आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि  चीनले आफू पाकिस्तानको साथमा रहेको बताएको छ।  पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिजिएन जिआओले ट्वीटमार्फत चीन सधै पाकिस्तानको साथमा रहेको र सहयोग जारी राख्ने बताए। उनले भनेका छन्– ‘पाकिस्तानले चरमपन्थीको सामना गर्न कैयौं प्रयास र योगदान गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थीविरोधी गतिविधीमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसको जानकारी लिनु जरुरी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्