६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। नेपाल भित्रिएका ती पाहुनालाई लिन ड्रुकको जहाज पोखरा आउन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्