२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उन्नाइस पाकिस्तानी बन्दी रिहा

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन्।

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

पाकिस्तानका सत्ताधारीले त्यो पत्र पाएको भए पाकिस्तान टुक्रिदैन्थ्यो

यसैगरी पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा ‘पास्तो’ बोलिने भएकाले त्यहाँ पनि अन्य भाषाका तुलनामा पास्तोले नै प्राथमिकता पाउनेवाला थियो। बलुचिस्तानमा ‘बलुची’ भाषा नै। त्यसैले अलीको माग थियो, सबै भाषाको प्रवद्र्धन होस् र संरक्षण पनि होस्।

पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन्।

पाकिस्तानी अर्थमन्त्री असद उमरद्वारा राजीनामा

पाकिस्तानकाे मन्त्रिपरिद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेका बताइएकाे छ। 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन्।

सवारी दुर्घटनामा ११ को मृत्यु

पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्। बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन्। ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन्।

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपतिदेखि माधव नेपालसम्म

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित भएकाे छ। शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो। जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन्।

पाकिस्तानले सूचना लुकाएको भारतको आरोप

पाकिस्तानभित्र भारतीय लडाकु जेटहरुले गरेको आक्रमण क्षेत्रमा पत्रकार एवं सञ्चारमाध्यमलाई जान नदिएर पाकिस्तानले सूचना लुकाइरहेको भारतले शनिबार आरोप लगाएको छ ।

भारत र पाकिस्तानलाई चीनले भन्योः वार्तामा बसेर समाधान खोज

भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन्। चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाब दिँदै आएको छ।”

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ। भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन्।

मसूदका भाइसहित ४४ आतंककारी पक्राउ

पाकिस्तानले चरमपन्थी संगठन जैश ए मोहम्मदका संस्थापक मसूद अजहरका दुई भाइसहित ४४ जनालाई नियन्त्रणमा लिएको छ। काश्मिरको पुलवामामा ४२ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको आत्मघाती आतंकवादी आक्रमणको जिम्मेवारी जैश ए मोहम्मदले लिएका बेला पाकिस्तानले मंगलबार मसूदका भाई मुफ्ती अब्दुल र हम्माद अजहरसहित ४४ जनालाई नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्