चीनले व्यापार र लगानी विस्तार गर्ने
चीनले दक्षिण एसिया र मध्य एसियाली राष्ट्रहरूसँगको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षमा विदेश व्यापार र लगानी थप विस्तार गर्ने घोषणा गरेका छन् ।