३१ वैशाख २०८१ सोमबार
image/svg+xml

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्